
परमप्रभुमा भरोसा र आशा गर्ने मानिस धन्यको हो जो पानीको किनारमा रोपिएको रुख जस्तै हुनेछ । (यर्मिया १७: ७,८)
अब, पानीको छेउमा रोपिएको रुख कस्तो हुन्छ त ? अर्थात परमेश्वरमा आशा अनि भरोसा गर्ने मानिसमा के के विशेषता हुन्छ भनी हामीलाई यर्मिया १७ को ८ पदले बताउँदछ ।
१. त्यसका जराहरु खोला सम्म फिजिएको हुन्छ :
परमेश्वरमा भरोसा राख्ने मानिसको विस्वास परमेश्वरमा रहेको हुन्छ र उसले जानेको हुन्छ कि सबै आशिषको स्रोत वा मुहान परमेश्वर हुनुहुन्छ र सबै आशिष उहाँ बाट नै आउँदछ ।
२. गर्मी हुँदा नडराउने र खडेरीकाे समयमा पनि चिन्तित नहुने :
परमेश्वरमा आशा अनि भरोसा गर्ने मानिस जस्तो सुकै परिस्थितिमा पनि स्थिर रहन्छ। जीवनमा आइपर्ने जस्तोसुकै समस्याहरुमा पनि आत्तिदैन , किनकि उसलाई यो कुरामा पुर्ण विश्वास हुन्छ कि कठिनाईको समयमा पर्मेश्वरले उसलाइ कहिल्यै त्यग्नुहुन्न ।
३. पातहरु सधैं हरियो हुन्छ :
परमेश्वरमा आशा अनि भरोसा राख्ने मानिस आत्माम सधै उर्जाशिल हुन्छ, उसमा कुनै किसिमको आत्मीक रोगहरु हुँदैन( ईर्ष्या, द्वेष, कटुता आदि)। उसले सधै अरुलाई उत्साहि तुल्याउदछ ।
४. उसले जहिल्यै फल फलाउदछ :
परमेश्वरमा भरोसा गर्ने मानिसले फल फलाउन कहिले पनि चुक्दैन । उसको जीवनमा हरेक दिन पवित्र आत्माका फलहरु फल्दछ किनकी उ हरेक दिन पवित्रआत्मको शक्तिको भरिपुरिमा र उपस्थितिम हिड्ने गर्दछ ।
परमेश्वरले हामी प्रत्येक उहाँका छोरा छोरिहरु पानीको किनारमा रोपिएको रुख जस्तै भएको चाहानुहुन्छ। तकि हामी कहिल्यै नओइलाउ, नसुकौ तर सदा हराभारा अनि आत्माको फलले भरिन सकौ किनकी उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र नष्ट भएको चहनुहुदैन ।
Blessed is the man who trusts and hopes in the Lord, who will be like a tree planted by the water. (Jeremiah 17:7,8)
Now, how about a tree planted by the water? In other words, verse 8 of Jeremiah 17 tells us what are the characteristics of a person who hopes and trusts in God.
1. Its roots have spread to the river:A person who has faith in God has faith in God and knows that God is the source of all blessings and all blessings come from Him.
2. Don't be afraid when it's hot and don't worry even during drought:
A person who has hope and trust in God remains stable in any situation. He is not afraid of any problems that may come in life, because he has complete faith that God will never abandon him in times of difficulty.
3. Leaves are always green:A person who has hope and trust in God is always energetic in his soul, he does not have any kind of spiritual diseases (jealousy, malice, bitterness, etc.). He always encourages others.
4. He always bears fruit:
A person who trusts God never fails to bear fruit. Every day in his life the fruits of the Holy Spirit grow because he walks every day in the fullness and presence of the power of the Holy Spirit.
God wants each of us His sons and daughters to be like a tree planted by the water. May we never wither, dry, but always be green and filled with the fruit of the Spirit because He loves us and does not want us to perish.
Post a Comment